सशस्त्र प्रहरी बल नेपालले धनुषा जिल्लाको विभिन्न स्थानबाट १२ लाख ?पैयाँभन्दा बढिको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ ।
जनकनन्दिनी गाउँपालिका–१ ईनर्वास्थित अड्डा टोल ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुर मातहत बीओपी ईनर्वाबाट विशेष सुचनाका आधारमा खटिएको टोलीले कार्तिक २० गते राति ११ बजेको समयमा ३ लाख ७५ हजार मूल्य बराबरको लत्ताकपडा र लत्ताकपडा ल्याउन प्रयोग गरेको अन्दाजी ४ लाख ५० हजार मूल्य बराबरको मोटरसाईकल समेत बरामद गरेको हो ।
भारतबाट भन्सार छली ज ११ प ६३२१, प्रदेश २ ०२–००१ प ०२०८ र ज ७ प ८७५६ नम्बरको तीन वटा मोटरसाइकलमा राखेर ल्याउँदै गरेको उल्लेखित लत्ताकपडासहित मोटरसाइकल बरामद गरिएको हो ।
साथै कार्तिक २१ गते विहान सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाबाट खटिएको गस्ती टोलीले जनकपुरस्थित महावीर चोकबाट २ वटा मोटरसाईकलमा अबैध ?पमा ल्याउँदै गरेको अन्दाजी २ लाख मूल्य बराबरको लत्ताकपडा र लत्ताकपडा ल्याउन प्रयोग गरेको अन्दाजी २ लाख मूल्य बराबरको मोटरसाइकल समेत बरामद गरेको छ ।
सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखे पश्चात तस्करह? मोटरसाइकल र सामान छाडी भागेका थिए । बरामद लत्ताकपडा तथा मोटरसाइकल आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा तथा गण मातहत कार्यालयह?ले चालु आर्थिक वर्षको कार्तिक महिनामा मात्रै ६० लाखभन्दा बढी मूल्य बराबरको अबैध सामान तथा सामान ओसार पसारमा प्रयोग गरिएका सवारी साधनह? बरामद गरी आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाएका छन् ।
