बुधबार, भाद्र २४ गते २०८३
images

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम तत्काल सुरु गर्ने सहमति

एक्सप्रेस पाना
कार्तिक २१, २०८० मंगलबार
  • 412
    SHARES
  • गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम तत्काल सुरु गर्ने सहमति

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तत्काल सुरु गर्ने सहमति भएको छ। 

    images

    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र चितवन भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालबीचको छलफलपछि तत्काल उक्त रंगशाला निर्माण कार्य सुरु गर्ने सहमति भएको हो। 

    धुर्मुस सुन्तली फाउन्डेसनले चन्दा उठाएर सुरु गरेको रंगशालाको निर्माण कार्य अलपत्र परेको थियो। फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै दुई वर्षअघि नै निर्माणको काम छाडेको थियो। 

    images

    तर, मंगलबार हेटौंडा आएर भरतपुर महानगरपालिकाकी प्रमुख दाहालले मुख्यमन्त्री जम्मकट्टेलसँग छलफल गरेर रंगशाला निर्माण कार्य अघि बढाउन आग्रह गरेकी हुन्। उनको आग्रहलाई स्वीकार्दै मुख्यमन्त्री जम्मकट्टेल रंगशालाको काम अगाडि बढाउन सहमत भएका हुन्।

  • सम्बन्धित विषय:

  • # क्रिकेट