मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने

एक्सप्रेस पाना
कार्तिक २२, २०८० बुधबार
  • 323
    SHARES
  • एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने भएको छ ।
    आगामी माघ १४ गतेदेखि १८ गतेसम्म गर्ने भनिएको महाधिवेशनको स्थान भने अहिलेसम्म टुङ्गो लागेको छैन ।

    images

    सबै जनवर्गीय सङ्गठनको अधिवेशन सम्पन्न हुन नसकेकाले आगामी मंसिरको दोस्रो सातामा अधिवेशन सम्पन्न गर्ने निर्णय भएकाले महाधिवेशन प्रतिनिधि छनौटका मापदण्ड सम्बन्धी कार्यविधि तर्जुमा गर्न लागिएको छ ।

    पछिल्लो केन्द्रीय कार्यसमितिको बैठकको सुझावअनुसार अधिकांश युवालाई पार्टीमा आकर्षित गर्न केन्द्रीय कार्यसमितिमा उनीहरूको सहभागिता बढाउने, अल्पसङ्ख्यक, दलित, सिमान्तकृत र पिछडिएका समुदायको प्रतिनिधित्वलाई समावेशी गराउने तथा वैचारिक दृष्टिकोणलाई परिमार्जन गर्ने गरी विधान संशोधनका लागि गृहकार्य भइरहेको महासचिव घनश्याम भुसालले जानकारी दिए ।

    images

    पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण र जनताको बहुदलीय जनवादको सान्दर्भिकताबारे छलफल गर्ने सो महाधिवेशनले नयाँ नेतृत्व चयन  गर्नेछ ।

    महाधिवेशन अगावै युवालक्षित कार्यक्रम सञ्चालन गर्ने पनि पार्टीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा एकीकृत समाजवादी