नेपाली जनप्रगतिशिल मञ्च जापान कान्तो क्षेत्रीय समितिको अध्यक्षमा गोरखाका सुनिल देवकोटा सर्वसम्मतिले निर्वाचित भएका छन । टोकियो स्थित सिन ओकुबुमा आइतवार भएको संगठनको सातौ अधिवेशनलेबाट देवकोटा अध्यक्ष र सचिवमा सुनार सर्वसम्मतले निर्वाचित भएको संगठनका नवनिर्वाचित अध्यक्ष देवकोटाले जानकारी दिनभयो । त्यस्तै अधिवेशनबाट उपाध्यक्षमा हरि बास्तोला , विनोद ढकाल र श्रीराम रिजाल निर्वाचित भएका छन ।
यसैगरी कोषाध्यक्षमा रविन्द्र पाण्डे र सहकोषाध्यक्षमा सुष्मा लामिछाने चयन भएका छन् । सदस्यहरुमा महाशर्मा भण्डारी, थमनबहादुर रायमाझी (अनिश), माओदीप राई, खगेन्द्र ढकाल, पर्वत जम्मरकट्टेल, कृति खनाल र किरण राना मगर चयन भएका छन् भने आवश्यकता अनुसार सदस्यहरु पछि थप्न सक्ने म्याण्डेट अधिवेशनले नयाँ कार्यसमितिलाई प्रदान गरेको छ ।
कान्तोका अध्यक्ष गोकर्ण बर्तौलाको सभापतित्व र प्रवास समन्वय समितिका सदस्य डा. भूपालमान श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो अधिवेशन समारोहमा सागर कार्कीको स्वागत मन्तब्य रहेको थियो ।अधिवेशन समारोहमा नेपाली जनप्रगतिशील मञ्चका कार्यवाहक अध्यक्ष मोहन पौडेल, इञ्चार्ज रामहरि पुडासैनी, प्रवास समन्वय कमिटीका सदस्य अरुण श्रेष्ठ, सल्लाहकार शालिकराम भण्डारी, प्रमुख अतिथि डा. श्रेष्ठ, कान्तो इञ्चार्ज अर्जुन अम्गाई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वक्ताहरुले नेपाली जनप्रगतिशील मञ्च जापानको संगठन निर्माणमा कान्तोको महत्वपूर्ण भूमिका रहने धारणा ब्यक्त गर्दै अघिल्लो वर्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जापान भ्रमण ऐतिहासिकरुपले सफल बनाउन कान्तोको भूमिका सह्रानीय रहेको बताउनु भएको थियो । कार्यक्रमको अन्तमा सभाध्यक्ष बर्तौलाले कार्यकाल सफल पार्न सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गर्दै मौजुदा कार्यसमिति भंग गरी ३ सदस्यीय अध्यक्ष मण्डलको घोषणा गर्नुभएको थियो ।
मञ्चका महासचिव समेत रहेका अध्यक्ष मण्डलका संयोजक बाबुराम पौडेलले नवगठित कार्यसमितिको घोषणा गर्नुका साथै शपथ ग्रहण गराउनु भएको थियो भने सल्लाहकार तिलक मल्लले नवगठित कार्यसमितिलाई बधाई दिएका दिनुभएको थियो। अधिवेशन समारोहमा सचिव हरि बाँस्तोलाको सञ्चालन गर्नुभएको थियो ।
अधिवेशन समारोहको प्रारम्भमा विभिन्न आन्दोलनहरुमा सहादत प्राप्त गर्ने महान सहिदहरुका साथै हालैमा जाजरकोट, रुकुम लगायतका जिल्लामा गएको भूकम्पमा परी ज्यान गुमाउनेहरुप्रति १ मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।


