शनिबार, भाद्र २७ गते २०८३
images

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

एक्सप्रेस पाना
कार्तिक २३, २०८० बिहीबार
  • 344
    SHARES
  • कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

    काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    images

    विहिबार बोर्डले एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको हो ।

    परीक्षामा कुल एक लाख १७ हजार ८८२ विद्यार्थीले परीक्षा दिएकोमा८८ हजार ९४७ अर्थात ७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमध्ये १५ विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।  

    images

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय परीक्षा बोर्ड