शनिबार, भाद्र २७ गते २०८३
images

हिमाली तथा उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना

एक्सप्रेस पाना
कार्तिक २३, २०८० बिहीबार
  • 425
    SHARES
  • हिमाली  तथा उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै छ ।
    आज दिउँसो देशको तराईका भूभागमा मौसम सामान्यतया सफा रहने तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसमविद् गोविन्द झाले जानकारी दिए।

    images

    उनका अनुसार तराई भूभागमा मौसम सामान्यतया सफा रहेको र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    अहिले काठमाडौँको वायुको तापक्रम १४ डिग्री सेन्टिग्रेड तथा पारदर्शिता  छ किलोमिटरभन्दा धेरै रहेको मौसमपूूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    आज काठमाडौँमा अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेन्टिग्रेडका बीचमा रहने तथा काठमाडौँमा दिउँसोपछि आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् झाले बताए ।

    आजराति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

    कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।