बुधबार, भाद्र २४ गते २०८३
images

चौथो गाती कप: क्वाटरफाइनल समीकरण पूरा

एक्सप्रेस पाना
कार्तिक २३, २०८० बिहीबार
  • 616
    SHARES
  • चौथो गाती कप: क्वाटरफाइनल समीकरण पूरा

    गातीमा जारी सिन्धुपाल्चोक जिल्लाको चर्चति फुटबल प्रतियोगिता चौथो संस्करणको गाती सेभेन 'ए' साइड फुटबल प्रतियोगिता २०८० को क्‍वाटरफाइनल समीकरण पूरा भएको छ। 

    images

    बिहिबार प्रिक्‍वाटरफाइनलका तीन खेल सम्पन्न भएसँगै क्‍वाटरफाइनल समीकरण पूरा भएको हो।

    पहिलो खेलमा आयोजकको गाती युवा क्लब 'सी' लाई २-० गोल अन्तरले हराउँदै बछेलदेवी एफसी 'बी' क्वाटरफाइनलमा प्रवेश गर्‍यो। 

    images

    त्यस्तै, दोस्रो खेलमा घुम्थाङ् समाज सुधार युवा समूहलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै सुनखानी युवा क्लब पनि क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो।

    त्यसैगरी तेस्रो तथा अन्तिम खेलमा अरनिको युवा क्लबले बुदेपा एफसीलाई ५-० को फराकिलो अन्तरले हराउँदै अन्तिम आठमा स्थान बनाएको छ। क्‍वाटरफाइनलका खेलहरु शुक्रबार हुने छन् ।

    प्रतियोगिता सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-६ स्थित गातीमा गाती युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको छ। प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ तथा ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्ने छ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # गाती कप फुटबल