असोज ६ काठमाडौं । नेपाल सुनचाँदी व्यावसायि महासंघका अनुसार नेपाली स्थानिय बजारमा आज सुनको मूल्य रु ९ सयले बढेको छ । छापावाल सुन मङ्गलवार रु ८९ हजार २ सयमा कारोबार भएको थियो । आज छापावाल सुनको मूल्य रु ९० हजार १ सय तोकिएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ६५० कायम गरिएको छ । तेजाबी सुन मङ्गलवार प्रतितोला रु ८८ हजार ७५० मा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलबारका तुलनामा आज प्रतितोला रु २५ ले बढेको छ । चाँदी मङ्गलवार प्रतितोला रु १ हजार १४० मा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला १ हजार १६५ तोकिएको छ ।
.jpg)

