बुधबार, भाद्र २४ गते २०८३
images

भारतले अष्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर ३, २०८० आइतबार
  • 324
    SHARES
  • भारतले अष्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

    मंसिर ३, काठमाडौं । घरेलु टोली भारतले जारी आइसीसी क्रिकेट विश्वकप फाइनलमा अष्ट्रेलियालाई २४१ रनको विजयी लक्ष्य दिएको छ।

    images

    नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरिरेको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २४० रन मात्रै बनाउन सक्यो।

    भारतका लोकेश राहुलले सर्वाधिक ६६ रन बनाए। विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडे।

    images

    कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए। अन्य कुनैपनी ब्याटरले राम्रो गर्न सकेनन्।

    त्यसैगरी अस्ट्रेलियाका बलर मिचेल स्टार्कले ३ विकेट लिए भने जोश हजेलवूड र पाट कमिन्सले २-२ विकेट लिएका थिए । त्यस्तै ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक एक विकेट लिएका थिए ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट