बुधबार, भाद्र २४ गते २०८३
images

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो छैठौं पटक विश्वकपको उपाधि

एक्सप्रेस पाना
मंसिर ३, २०८० आइतबार
  • 375
    SHARES
  • भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो छैठौं पटक विश्वकपको उपाधि

    काठमाडौँ । घरेलु टोली भारतलाई हराउँदै अष्ट्रेलियाले क्रिकेट विश्वकपको उपाधि जितेको छ। 

    images

    आइतबार सम्पन्न फाइनल खेलमा आयोजक भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले छैठौं पटक विश्वकपको उपाधि जितेको हो।

    भारतले दिएको २४१ रनको लक्ष्य पछाएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।

    images

    अष्ट्रेलियाको जितमा ट्राभिस हेडले शानदार १३७ रनको शतकीय पारी खेलेका थिए भने मार्नस लाबुसचाग्नेले अविजित ५८ रन बनाएका थिए। 

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा अलआउट हुँदै २४० रन बनाएको थियो।

    अष्ट्रेलियाले यस विश्वकपमा शुरुका दुई खेलमा हार बेहोरेपछि पछिल्ला आठ खेलमा अपराजित हुँदै फाइनलमा पुगेको थियो। अष्ट्रेलियाले योसहित छैठौं पटक विश्वकपको उपाधि जितेको छ। यसअघि अष्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो। 

    त्यस्तै यसअघि १९८३ र २०११ को विश्वकप जितेको भारत दोस्रो पटक उपविजेता बनेको छ। यसअघि २००३ को विश्वकपमा भारत उपविजेता बनेको थियो।

  • सम्बन्धित विषय:

  • # क्रिकेट