बुधबार, भाद्र २४ गते २०८३
images

रोनाल्डोको दुई गोलमा अल नासरको सहज जित

एक्सप्रेस पाना
मंसिर ९, २०८० शनिबार
  • 377
    SHARES
  • रोनाल्डोको दुई गोलमा अल नासरको सहज जित

    काठमाडौँ । कप्तान तथा भेट्रान्स फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोलको सहयोगमा साउदी प्रो लिग अन्तर्गत अल नासरले अल अखडोउदमाथि शानदार जित निकालेको छ।

    images

    शुक्रबार राती सम्पन्न खेलमा अल नासरले अल अखडोउदलाई ३० गोल अन्तरले पराजित गरेको हो। 

    अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए। रोनाल्डोले खेलको ७७ र ८०औं मिनेटमा गोल गरेका थिए। त्यस्तै, अर्को गोल खेलको १३औं मिनेटमा सामी अल नाजेइले गरेका थिए। 

    images

    यो जितसँगै अल नासरको १४ खेलमा ३४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। साउदी प्रो लिगमा अल हिलल १३ खेलमा ३५ अंकसहित शीर्ष स्थानमा रहेको छ। 

    उता पराजित अल अखडोउदको भने १४ खेलमा १० अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ। 

  • सम्बन्धित विषय:

  • # Ronaldo
  • # अल नासर