बुधबार, भाद्र २४ गते २०८३
images

नेपाल सुपर लिग: धनगढी एफसीको विजयी सुरुआत

एक्सप्रेस पाना
मंसिर १०, २०८० आइतबार
  • 292
    SHARES
  • नेपाल सुपर लिग: धनगढी एफसीको विजयी सुरुआत

    काठमाडौं, मंसिर १० । गत संस्करणको उपविजेता धनगढी एफसीले नवप्रवेशी वीरगञ्ज युनाइटेडलाई २–१ ले हराउँदै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा विजयी सुरुआत गरेको छ । 

    images

    आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीले गोलकिपर दीप कार्कीको कप्तानीमा रहेको वीरगञ्जमाथि जित निकाल्दै सुखद सुरुआत गरेको हो।

    धनगढीको जितमा दुवै गोल विदेशी खेलाडीले गरे। फोडे फोफना र अहमद हिजाजीले गोल गर्दै धनगढीलाई जित दिलाएका हुन्। वीरगञ्जका लागि हान्स कोफिईले गोल गरे। धनगढीले अग्रता लिए पनि वीरगञ्जले पेनाल्टीमार्पmत गोल फर्काएको थियो। तर, खेलको अन्तिम समयमा दोस्रो रोजाइका खेलाडी हिजाजीले गोल गर्दै धनगढीलाई जित दिलाए।

    images

    खेलको दोस्रो मिनेटमा नै धनगढी एफसीले फोडे फोफानेको गोलबाट अग्रता लियो। तर, पहिलो हाफको थप समयमा वीरगञ्ज पेनाल्टीमार्पत गोल गर्दै खेलमा फर्कियो। कर्नर प्रहार बल धनगढीका डिफेन्डर डिएग्ने फलोउले हातले रोकेपछि वीरगञ्जले पेनाल्टी पायो। उक्त पेनाल्टीमा हान्स कोफिईले गोल गर्दै बराबरीमा फर्काए। त्यससँगै पहिलो हाफ १–१ को बराबरीमा सकियो। 

    खेलको ८९औं मिनेटमा लेबनानका स्टार अहमद हिजाजले गोल गर्दै धनगढीलाई अग्रता दिलाए। कृतिषरत्न छुन्छुको उत्कृष्ट पासमा हिजाजले पेनाल्टी क्षेत्रबाट गोल गरेका हुन्। त्यो गोल नै धनगढीको जितमा निर्णायक बन्यो। खेलको म्यान अफ दी म्याच कृतिषरत्नले पाए। यो जितसँगै धनगढीले ३ अंक जोडेको छ। 

  • सम्बन्धित विषय:

  • # फुटबल