आइतबार, कार्तिक १६ गते २०८३
images
images

नार्कद्धारा काउलीका अगौटे बेमौसमी जातको विकास

एक्सप्रेस पाना
मंसिर १४, २०८० बिहीबार
  • 481
    SHARES
  • नार्कद्धारा काउलीका अगौटे बेमौसमी जातको विकास

    काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले काउलीका अगौटे बेमौसमी जातहरुको परीक्षण गरी उन्मोचनको सिफारिसको लागि तयारी गरेको छ।

    images

    तराई १ र तराई २ गरी दुई प्रकारका अगौटे जातको बेमौसमी काउली अब छिटै नै किसानले पनि व्यावसायिकरुपमा उत्पादन गर्न पाउनेगरी सिफारिसको तयारी गरेको हो। 

    नार्क अन्तर्गतको राष्ट्रिय बागवानी अनुसन्धान केन्द्र खुमलटार, ललितपुरका अनुसन्धानकर्ता नविनगोपाल प्रधानले यी अगौटे बेमौसमी जातका काउलीको बाली तयार हुन लाग्ने अवधि (नर्सरीदृेखि उत्पादन हुने बेलासम्म) ६० देखि ७० दिन हुने बताए। 

    images

    उनले तराई १ र तराई २ गरी दुई प्रकारका अगौटे जात सिफारिस भए लगत्तै तिनको बीउ बजारमा आउने गरी तयारी गरिएको बताए। केन्द्रको खुमलटार स्थित बागवानीमा, कास्कीको लुम्लेमा र धनकुटाको पाख्रिवासमा यी जातहरुको सफल परीक्षण गरिएको र नतिजा उत्साहप्रद रहेको पनि प्रधानले बताए। 

    ‘काउलीले बढी मूल्य पाउने समय तीज, सोह्रश्राद्ध, दसैं लगायतका चाडपर्वमा हुने भएकाले यी समयसम्ममा यो दुबै जातको काउली फल्ने र खान मिल्ने हुन्छ’ अनुसन्धानकर्ता प्रधानले भने, ‘सोह्रश्राद्धमा त धेरै मानिसहरु शाकाहारी रहने र काउलीको माग बढ्ने हुनाले यसबाट उपभोक्ता, किसान लगायत सबै लाभान्वित हुनेछन् । यो समयमा नेपालमा काउलीको उत्पादन नहुने, विदेशी काउली नेपाल आउने र महंगो पनि हुने भएकाले स्वदेशी अगौटे जातको बेमौसमी काउली सस्तोमा उपलब्ध हुनसक्छ ।’

    काउलीका यी दुई प्रकारका जातहरु पहाड र मध्यपहाडी जिल्लाहरुमा असार, साउन र भदौ महिनामा लगाउँन सकिन्छ । यी जातहरु अरु समयमा समेत लगाउन मिल्ने तर यो महिनामा लगाएमा तरकारी अभाव हुने चाडपर्वहरुमा उत्पादन लिन सकिन्छ । 

    सो सिजनमा विदेशबाट आएका भन्दा यी काउलीहरु सस्तो हुने छन् । यी जातका काउलीको साइज तुलनात्मक रुपले सानो हुने भएकाले सहरिया सानो परिवारका लागि सिंगै फूल किन्न सकिने र यिनलाई कम दुरीमा पनि लगाउन सकिने हुनाले प्रति इकाइ जग्गामा काउलीका धेरै फूल उत्पादन गर्न सकिने कुरा अनुसन्धानकर्ता प्रधानले बताए । 

    राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्यायले नेपालमा बेमौसमी तरकारी आयातका कारण अर्थतन्त्रको ठूला हिस्सा खर्च भई विदेसिने गरेको वर्तमान अवस्थामा नेपालमै अनुसन्धान गरी विकास गरिएका यी जातहरुबाट व्यावसायिक काउली उत्पादन मार्फत् सरकारले लिएको आयात प्रतिस्थापन र निर्यात् प्रवद्र्धनको नीतिमा सघाउ पुग्ने बताए । भविष्यमा यी जातहरु व्यावसायिक रुपमा लगाउन सके बर्षायाममा काउली खेती गर्न नसकिने ठाउँहरुमा समेत यिनको आपूर्ति हुँदा तरकारीको आपूर्ति ग्रामीण बजारहरुमा पनि गर्न सकिने उनले बताए ।