शनिबार, भाद्र २७ गते २०८३
images

छोराको कुटपिटबाट बुबाको हत्या

एक्सप्रेस पाना
मंसिर १५, २०८० शुक्रबार
  • 277
    SHARES
  • छोराको कुटपिटबाट बुबाको हत्या

    रसुवा, मंसिर १५ । उत्तरी रसुवामा छोराले गए राति कुटपिट गरी बुबाको हत्या गरेका छन्।

    images

    जिल्ला प्रहरी प्रमुख सुवास बुडाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका-५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले ६५ वर्षे बुबा छेवाङ तामाङलाई लाठीले टाउकोमा हिर्काइ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो।
     
    निजले मादक पदार्थ सेवन गरेकै कारण बुबालाई कुटपिट गरेको र वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। परीक्षणका लागि शव रसुवा अस्पताल पु¥याइएको र छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।