आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रधान सेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

एक्सप्रेस पाना
आश्विन ६, २०७८ बुधबार
  • 259
    SHARES
  • प्रधान सेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

    असोज ६ काठमाडौं । जङ्गी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा र चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    images

    प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको र यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको बताएको छ ।