सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ आजको कारोबार?

एक्सप्रेस पाना
मंसिर २१, २०८० बिहीबार
  • 217
    SHARES
  • सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ आजको कारोबार?

    काठमाडौँ, मङ्सिर २१ । साताको पाँचौं दिन आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्य सूची कायम गर्दै हिजो बुधवारको तुलनामा २०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो।

    महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ कायम छ। हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम थियो।

    images

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। महासङ्घले आज चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम भएको जनाएको छ। जुन, हिजो बुधवार १४ सय ८० रुपैयाँमा कारोबार भएको थियो। यो २० रुपैयाँको गिरावट हो।