सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेप्सेमा ११ अंकको वृद्धि

एक्सप्रेस पाना
मंसिर २१, २०८० बिहीबार
  • 217
    SHARES
  • नेप्सेमा ११ अंकको वृद्धि

    काठमाडौं, मंसिर २१ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ११.७३ अंकको वृद्धि आएको छ। 

    images

    कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ०.६३ प्रतिशतले बढेर बन्द भएको हो।

    परिसूचक बढेको दिन आज कारोबार रकम २ अर्ब ७९ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ। यसक्रममा ९५ लाख कित्ताभन्दा धेरै सेयर कारोबार भएको छ। परिसूचक दोहोरो अंकले बढेको दिन १७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर कायम छ।

    images

    आज ५ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ। यसमध्ये त्रिसुली जलविद्युत कम्प्नीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यसबाहेक, समाज लघुवित्त वित्तीय संस्था, सीवाईसीएल नेपाल लघुवित्त र नबिल ब्यालेन्स फण्ड–२ को सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

    आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने ७.८१ प्रतिशतले घटेको छ। यो आज घटेको सबै कम्पनीको सेयर मूल्यको तुलनामा उच्च हो। परिसूचकमा उत्साजहनक वृद्धि आएको दिन व्यापार समूहको सूचक भने १३ अंकले घटेको छ। यसबाहेक सबै समूहको सूचकमा उत्साहजनक वृद्धि आएको छ।