सोमबार, कार्तिक १७ गते २०८३
images
images

२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
मंसिर २२, २०८० शुक्रबार
  • 212
    SHARES
  • २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ, मंसिर २२ । साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ।

    images

    अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेको हो। 

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    images

    यता चाँदीको मूल्य भने आज स्थिरता कायम हुँदै प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।