आइतबार, कार्तिक १६ गते २०८३
images
images

उच्च पर्वतीय क्षेत्रमा कृषिको उत्थानका लागि नार्क र विश्व वन्यजन्तु कोषबीच समझदारी

एक्सप्रेस पाना
मंसिर २२, २०८० शुक्रबार
  • 832
    SHARES
  • उच्च पर्वतीय क्षेत्रमा कृषिको उत्थानका लागि नार्क र विश्व वन्यजन्तु कोषबीच समझदारी

    काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का बीचमा उच्च पर्वतीय क्षेत्रमा कृषिको उत्थानका लागि समझदारीपत्रमा हस्ताक्षार भएको छ।

    images

    नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज दुई पक्षका बीचमा यस्तो समझदारी भएको हो। समझदारीपत्रमा नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराई, योजना तथा समन्वय निर्देशक डा. लुमानिधि पाण्डे र कोषका तर्फबाट कोषका नेपाल प्रतिनिधि धनश्याम गुरुङ र संरक्षण कार्यक्रमका वरिष्ठ सल्लाहकार शिवराज भट्टले हस्ताक्षर गरेका छन्।

    समझदारीपत्रमा पत्रमा हस्ताक्षर पश्चात नार्कका कार्यकारी निर्देशक डा. भट्टराईले दुबै पक्षको सामुहिक प्रयासबाट परियोजनाले तोकेको उपलब्धी समयमै हासिल गर्न सकिने बताए। यति महत्वपूर्ण बिषयमा डब्लुडब्लुएफसंग सहकार्य गर्न पाउँदा उनले खुशी व्यक्त गर्दै यसबाट देशको कृषि अनुसन्धानमा महत्वपुर्ण योगदान पुग्ने बताए । यस्तै कोषका नेपाल प्रतिनिधि गुरुङले १० बर्ष भित्रैमा उच्च पर्वतीय क्षेत्रमा नमुना जिन बैंक स्थापना गर्न सकिने बताए। रैथाने अनुवंश र आनुवंशिक विविधतालाई संरक्षण गरेर लैजान यो परियोजना सफल हुने विश्वास उनले व्यक्त गरे।

    images

    राष्ट्रिय जिन बैंकका प्रमुख डा. बालकृष्ण जोशीले यो परियोजना कार्यान्वयन गर्दै मनाङ र मुस्ताङमा पाइने स्थानीय साँस्कृतिक, धार्मिक, प्ररम्परा र उक्त स्थानमा पाइने रैथाने कृषि अनुवंशिक स्रोतहरुको अध्ययन अनुसन्धान गरिने बताए। मनाङ र मुस्ताङ मध्ये उपयुक्त एक स्थानमा हिमाली जीन बैंकको रूपमा बिउबिजनको संरक्षणका लागि एउटा बीउ बैंक स्थापनाको सम्भाव्यता अध्ययन गरिने जोशीले बताए। साथै स्थानीय बालीनाली र पशुपंक्षीको पौष्टिक लगत तयार गरिने, उपयोगमा नल्याइएका र वेवास्ता गरिएका जन्तु र वनस्पतीको उपयोग बढाउन अवश्यक अनुसन्धान गिरने उनले बताए।

    राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले वश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा सञ्चालन हुने यो परियोजनाको सफल कार्यान्वयनले उच्च पर्वतीय कृषि अनुसन्धानमा ठूलो योगदान पुग्ने बताए। दुबै पक्षको सक्रियताबाट परियोजना कार्यान्वयनले कृषि अनुसन्धानका थप तथ्यहरू पत्ता लाग्ने र यसबाट अनुसन्धानकर्ता र कृषक समेत लाभान्वित हुने उनले बताए।