आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक बस्दै

एक्सप्रेस पाना
आश्विन ७, २०७८ बिहीबार
  • 605
    SHARES
  • राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक बस्दै

    असोज ७ काठमाडौं । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दै छ । संघीय संसदका दुवै बैठक दिउँसो २ बजे एकैसाथ बोलाइएको छ । प्रतिनिधिसभा बैठकको कार्यसूचि संघीय संसद सचिवालयले बुधबार नै सार्वजनिक गरिसकेको छ । बैठकमा छलफल, संशोधन तथा पारित गर्नका लागि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्नेछन् ।

    images

    राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ परित गर्ने तयारी छ । गत मङ्गलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेको  विरोधबीच राष्ट्रिय सभाका सचिव राजेन्द्र फूयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष टेबुल गरेका थिए ।

    राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोध र सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै एमालेले दुवै सदनमा अवरोध जारी राखेको छ ।

    images