सोमबार, कार्तिक १७ गते २०८३
images
images

छ किलो सुनसहित विदेशी नागरिक पक्राउ

एक्सप्रेस पाना
मंसिर २४, २०८० आइतबार
  • 221
    SHARES
  • छ किलो सुनसहित विदेशी नागरिक पक्राउ

    काठमाडौँ, मङ्सिर २४ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे छ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ।

    images

    भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले शनिबार राति दुबईबाट ल्याइएको छ किलो पाँच सय ९० ग्राम सुनसहित इजिप्टका नागरिक मोहमद मोगामद लसिमलाई पक्राउ गरेको हो।

    विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका सालेहलाई शनिबार राति पक्राउ गरिएको राससलाई जानकारी दिनुभयो। कार्यालयले उक्त सुन कारोबारीका सम्बन्धमा अन्य दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको विस्तृत विवरण खुलाइएको छैन। कार्यालयले पक्राउ लसिमले पाउडर बनाएर ल्याएको साढे छ किलो सुन बरामद गरेको हो।

    images