सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
मंसिर २५, २०८० सोमबार
  • 296
    SHARES
  • घट्यो सुनको मूल्य

    काठमाडौँ । साताको दोस्रो दिन आज नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको हो। 

    यसअघि छापावाल सुन आइतबार १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ। 

    images

    यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा १४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १४१० रुपैयाँमा कारोबार भएको हो।