आइतबार, कार्तिक १६ गते २०८३
images
images

व्यवसायिक बाख्रापालन बारे नार्कद्धारा किसानलाई तालिम

एक्सप्रेस पाना
मंसिर २५, २०८० सोमबार
  • 363
    SHARES
  • व्यवसायिक बाख्रापालन बारे नार्कद्धारा किसानलाई तालिम

    काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले किसानहरुलाई व्यावसायिक बाख्रापालन कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण थालेको छ । बाख्रापालन पेशालाई व्यावसायिक रुपमै कसरी अगाडि बढाउँने र राम्रो आम्दानी गर्ने भन्ने बारेमा नार्कले किसानहरुलाई प्रशिक्षण दिइरहेको छ । 

    images

    तनहुँको बन्दीपुरमा राष्ट्रिय स्तरको व्यवसायिक बाख्रापालन सम्बन्धि आवासीय तालिम भइरहेको छ । नार्क अन्तर्गतको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले आठ दिने व्यवसायिक बाख्रापालन सम्बन्धि आवासीय तालिम सञ्चालन गरेको छ । सो तालिममा सातै प्रदेशका २० जना किसानहरु सहभागि रहेका छन् । 

    नार्कका योजना तथा समन्वय निर्देशक डा. लुमानिधि पाण्डेले तालिमको उद्धघाटन गर्दै यो कार्यक्रम बाख्रा पालन व्यवसायमा संलग्न व्यावसायिक किसानका लागि निकै महत्वपुर्ण भएको बताए । तालिम पश्चात व्यवसायिक बाख्रापालनका लागि किसानलाई थप ज्ञान प्राप्त भई बाख्रापालनलाई थप व्यवस्थित बनाउँन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे । 

    images

    राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका संयोजक राजु कँडेलले नार्कद्धारा विकास गरिएका नवीनतम प्रविधिहरुको समेत जानकारी समावेस गरी तालिम दिने काम भइरहेको बताए । यो तालिम प्राप्त कृषक आफ्नो समाजको लागि व्यावसायिक कृषकको प्रतिनिधिको साथ साथै दिशा निर्देशकको रुपमा समेत काम गर्ने विश्वास उनले व्यक्त गरे । 

    आठ दिनसम्म चल्ने यो तालिममा प्रत्येक प्रदेशबाट कम्तिमा २ जनाका दरले किसानहरुलाई सहभागिता गराइएको कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्य बताए । तालिमको समापन मंगलबार हुदैछ ।