शनिबार, भाद्र २७ गते २०८३
images

रामनाथ यादव आएपछि बैरगनिया मावि सुधारतर्फ

एक्सप्रेस पाना
मंसिर २५, २०८० सोमबार
  • 628
    SHARES
  • रामनाथ यादव आएपछि बैरगनिया मावि सुधारतर्फ

    रौतहट । सामुदायिक विद्यालयहरुको अवस्था जरजर तथा दयनीय भएको अवस्थामा रौतहट जिल्लाकाे पश्चिमी भेग अवस्थित फतुववा विजयपुर नगरपालिका वडा नं १ बैरगनियाको एक विद्यालय सुधारोन्मुख भएको छ। 

    images

    माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रुपमा राम किशोर यादव आएपछि विद्यालयको गतिविधिमा सुधार भएको हो। नेपाल सरकारले शिक्षामा अर्ब बजेट लगानी गरेपनि सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किदै गएको अवस्थामा बैरगनिया माविमा नयाँ नीति नियमका साथ अध्ययन अध्ययापन सुरु गरिएको हो। यसअघि विद्यालयमा कति पय प्रधानाध्यापकहरु आए त पनी विद्यालयको अवस्था डगमडोल भएको थियो। आन्तरिक कारणले विद्यालयमा कम समय दिएको कारण अध्ययन अध्यापनको प्रणाली अस्तव्यस्त भएको थियो।
     
    प्रधानाध्यापमा रामनाथ यादव करिब एक बर्ष यता आएदेखि विद्यालयमा नयाँ नीति लगाएर विद्यायमा अध्ययन अध्ययापन सुरु गरिएको विद्यालयका लेखापाल पप्पु यादवले जानकारी दिए। यादवका अनुसार अहिले विद्यालयमा समयमा विद्यार्थीहरु विद्यालय कम्पाउण्डभित्र छिरेपछि मात्र  टिपिनको समयमा मुख्यद्धारको ताला खुलाउने भएकोले विद्यार्थीहरु भाग्ने क्रियाकलाप पूर्णत बन्द भएको हो। साथै यस विद्यालयमा दिवा खाजा समयमै सञ्चाल हुँदा विधार्थीको संख्यामा बढोत्तरी भएको छ, करिब यो सामुदायिक विद्यालयमा विधार्थीहरुको संख्या ४०० सय र सिक्षक सिक्षिका दुवै मिलाएर ११ जना रहेकाे बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अवदेश यादवले वताएका हुन्।

    समयमा शिक्षक नआउँदा पनि अस्तव्यस्त रहेको मावि बैरगनियामा अहिले प्र अ रामनाथ यादव आएदेखि सँचालन प्रणालीमा सुधार आएको बताइएको छ। विद्यालय सँचालन प्रणालीमा सुधार आएपछि विद्यालयका शिक्षक शिक्षिका सहित विद्यार्थीहरु समेत विद्यालयको तोकिएको समयमै आउनुपर्ने बाध्यता भएको छ जसले गर्दा विद्यालयमा अध्ययन अध्ययापन समेत सौहार्दपूर्ण तरिकाले भईरहेको हो। प्रअ यादव आएपछि विद्यार्थीका अभिभावकहरु समेत सन्तुष्टता जनाएको र विद्यार्थीहरु समेत सन्तुष्ट भएको प्रतिक्रिया दिएका छन्। तर यस विद्यालयमा विधार्थीहरुका लागि बेन्च डेस्क, शुद्ध खानेपानी लगायतका समस्याहरू रहेकाे प्रअ यादवले वताएका हुन्।

    images