आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

एक्सप्रेस पाना
आश्विन ७, २०७८ बिहीबार
  • 389
    SHARES
  • कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

    असोज ७ काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीहरुको बैठक आज पनि बस्दै छ। दिउँसो ३ बजे बस्ने बैठकमा पार्टी महाधिवेशन र सरकार विस्तारबारे छलफल हुने बुझिएको छ।

    images

    कांग्रेसले अझै १३ जिल्लामा क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न सकेको छैन। जसले गर्दा महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन हुने भएको छ।

    कांग्रेसले असोज १८ भन्दा अघि प्रदेशभन्दा तल्ला तहको अधिवेशन गर्ने सक्ने कार्यतालिका सार्वजनिक गरेको थियो। अब दसैंअघि पालिका तहको मात्रै अधिवेशन हुने देखिएको छ।

    images

    सरकार विस्तार गर्न ढिलाइ हुँदा कांग्रेस र पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भइरहेको छ। सरकार विस्तारको लागि कांग्रेसभित्रको रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाको समूहले आफ्नो भागमा कतिवटा मन्त्रालयको संख्या हो प्रस्ट पार्न पार्टी सभापति एवं प्रधानमन्त्री देउवालाई दबाब दिँदै आएका छन्।