काठमाडौँ । साताको तेस्रो दिन आज पनि सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजसहित लगातार तेस्रो दिन सुनको मूल्य घटेको जानकारी दिएको हो। महासङ्घले आज तोलामा ७०० रुपैयाँले घटेको जानकारी दिएको छ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ कायम छ। हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँ कायम थियो।
यो साताको आइतबार समेत सुनको मूल्य घटेको थियो। शुक्रबारको तुलनामा आइतबार एकै दिन १३ सय रुपैयाँले मूल्य घटेर कारोबारमा आएको महासङ्घले जनाएको छ। सुनको मूल्य लगातार तेस्रो दिन घटे पनि चाँदीको मूल्य भने स्थिर कायम भएको छ।
आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ कायम छ।
.jpg)


