काठमाडौँ । अन्तिमसम्म वृद्धि निरन्तरता नभएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २.६० अंकको वृद्धिसँगै रोकिएको छ।
कारोबार सुरु भएदेखि नै निरन्तर बढ्न थालेको नेप्से परिसूचक २ हजार अंक पार गरेको थियो। तर, अन्तिम समयमा निरन्तर खुम्चिँदै जम्मा २ अंकको वृद्धिसँगै रोकिएको हो।
यसक्रममा आज १३४ कम्पनीको सेयर मूल्य बढ्दा १०० कम्पनीको सेयर मूल्य भने घटेको छ। यस्तै, ७ कम्पनीको मूल्य स्थिर कायम भएको छ। आज ३ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर किनबेच हुँदा १ करोड २० लाख कित्ता सेयर किनबेच भएको छ।
आज नेप्सेमा बोटलर्स नेपालको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यसबाहेक, अन्य ४ कम्पनीको सेयर मूल्यमा भने ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको छ। परिसूचक सामान्य अंकले बढेको दिन आज ४ समूहमा भने गिरावट आएको छ। होटल र टुरिजम, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूहमा गिरावट आएको हो । यसबाहेकका समूहमा भने वृद्धि देखिएको छ।
.jpg)


