सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज पनि बढ्यो सुनचाँदीको मूल्य

एक्सप्रेस पाना
मंसिर २९, २०८० शुक्रबार
  • 254
    SHARES
  • आज पनि बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौँ । साताको अन्तिम कारोबारको आज पनि सुनचाँदीको मूल्य बढेको छ। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५५० रुपैयाँ तोकिएको छ। हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम थियो।

    images

    यस्तै, आज चाँदीको मूल्य समेत बढेको महासंघले जनाएको छ। हिजो बिहीबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो। यससँगै, आज चाँदीको कारोबार प्रतितोला १४ सय ७० रुपैयाँमा भइरहेको छ। हिजो यसको बिक्री मूल्य तोलामा १४ सय ५५ रुपैयाँ थियो।