असोज ७ नवलपुर । गत ५ सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ईन्दावती गाउँपालिका ३ को अधिवेशनबाट नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि तथा नेपाली कांग्रेस सिन्धु काठमाडौं सम्पर्क समिति प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ का सभापति जुझारु युवा नेता सफल व्यावसायि उधव बानियाँ र नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ का युवा नेता अमेरिकी कुईनस कमिटी सदस्य समाज सेवी तथा क्षेत्रीय प्रतिनिधि श्री ज्ञानल थापाको संयुक्त पहलमा ईन्दावती ३ मा नेपाली कांग्रेस पार्टी कार्यलयको भवन निर्माण हुने भएको छ ।

सिन्धुका जुझारु युवा नेता भनेर चिनिने उधव बानियाँले विगतमा पनि विभिन्न सामाजिक कार्य गर्दा आउनु भएको छ । उहाँलेले पार्टी कार्यलयको भवन निमार्णका लागि एक लाख ५० हजारभन्दा बढी सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
त्यस्तै यता संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आउनुभएको ज्ञानल थापा केही समय अघि मात्रै स्वदेश फर्किनु भएको थियो । विगतमा पनि समाजसेवा गर्दै आउनु भएको थापाले पार्टी कार्यलय भवन निर्माणको लागि एक लाख भन्दा बढी आर्थिक सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
त्यस्तै गत ५ गते सम्पन्न वडा अधिवेशन वडा नं. ३ बाट खगेन्द्र बहादुर थापा वडा सभापतिमा सर्वसम्मत चयन हुनु भएको छ । वडा अधिवेशनबाट नवनिर्वाचित सभापति लगायत सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरुले आ-आफ्नो क्षेत्रबाट अर्थिक रकम पनि उठाएका छन् ।

भवन निमार्णमा उठेको रकम
नवनिर्वाचित सभापति : खगेन्द्र बहादुर थापा जग्गा उपलब्ध गराउने
उधव बानियाँ : १ लाख ५० हजार ५५५ रुपैयाँ
ज्ञानल थापा : १ लाख ११ हजार १११ रुपैयाँ
भुपेन्द्र थापा : ५५ हजार ५५५ रुपैयाँ
तेज बानियाँ : २५ हजार १ रुपैयाँ सुवास तिरुवा : २० हजार ५ रुपैयाँ
प्रदिप थापा : ५ हजार ५५५ रुपैयाँ

वडा सभापति निर्वाचित भए लगत्तै खगेन्द्र बहादुर थापाले हाम्रो अहिलेको पहिलो प्राथमिकता पार्टीको लागि एउटा भवन निमार्ण गर्ने र त्यो काम लागि उपयुक्त जग्गा छनौट गरि कार्यलाई अघि बढाउने रहेको बताएका छन् । त्यस्तै क्षेत्रीय प्रतिनिधिद्वय उधव बानियाँ र ज्ञानल थापाले पनि अहिलेको अबस्था भनेको पार्टीको लागि एउटा भवन निमार्ण गर्नु आवस्यक रहेको बताउनुभयो ।
१०३ वडा रहेको सिन्धुपाल्चोकमा कांग्रेसको वडा अधिवेशन तोकिएकै मितिमा सम्पन्न भएको छ । जिल्ला निर्वाचन समिति अधिकृत छविरमण निरौलाले सिन्धुपाल्चोकको अधिकांश वडामा सहमतिमै नेतृत्व चयनको बताउनुभएको छ ।

.jpg)


