शनिबार, भाद्र २७ गते २०८३
images

धनुषामा बालिकाको हत्या

एक्सप्रेस पाना
मंसिर २९, २०८० शुक्रबार
  • 252
    SHARES
  • धनुषामा बालिकाको हत्या

    धनुषा, मङ्सिर २९ । धनुषामा एक बालिकाको हत्या भएको छ। सबैला नगरपालिका-९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको हत्या भएको हो।

    images

    बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा गए राति फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक रञ्जन अवालेले जानकारी दिए। बालिकाले लगाएका लुगा पोखरी छेउमा फेला परेको उनले बताए। 

    बालिकाको बलात्कार गरी हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ। शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। घटनामामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रवक्ता अवालेले बताए। 

    images