सोमबार, कार्तिक १७ गते २०८३
images
images

केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने

एक्सप्रेस पाना
मंसिर २९, २०८० शुक्रबार
  • 237
    SHARES
  • केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने

    काठमाडौँ, २९ मङ्सिर : नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते रु १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो।

    images

    केन्द्रीय बैंकले पुस १ गतेदेखि ८ गतेसम्मका लागि निक्षेप सङ्कलन गर्न लागेको जनाएको छ। घटीमा रु १० करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

    ब्याजदर पनि बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ। केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। 

    images