असोज ७ काठमाडौं । नेपाल सुनचाँदी व्यावसायि मंहासका अनुसार नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज प्रति तोलामा ५०० रुपैयाँले घटी ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (बिहीबार) ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य ८९ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । प्रति तोलामा १० रुपैयाँले घटी एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।
.jpg)

