काठमाडौँ । साताको तेस्रो दिन आज सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य स्थिर रहेको जानकारी दिएको हो।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २५० रुपैयाँ कायम छ। हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य समेत स्थिर कायम भएको छ। महासंघका अनुसार चाँदीको कारोबार मूल्य १४ सय ५५ रुपैयाँ छ।
.jpg)


