काठमाडौं असार ३१,नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ । अस्पतालको सञ्चालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षमा नियुक्त सिंह यसअघि नर्भिक अस्पतालको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । उनलाई बढुवा गरी सञ्चालक समितिको अध्यक्ष बनाइएको हो ।
अध्यक्षमा नियुक्त सिंह विगत एक दशक भन्दा लामो समयदेखि नर्भिकमा आबद्ध छन् । उनी नेपाल प्रहरीको एआइजीबाट अवकाशप्राप्त व्यक्ति हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए, अमेरिकाको भर्जिनियास्थित एफबीआई अकाडेमीबाट ग्राजुएसन, क्रिमिनल जस्टिस एण्ड पोलिस म्यानेजमेन्ट विषयमा युकेबाट पोस्ट ग्राजुएट सर्टिफिकेट लेभलको अध्ययन पूरा गरेका छन् ।
नर्भिक अस्पतालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त अजय मिश्र कुशल बैंकर तथा व्यवस्थापकको परिचय बनाएका व्यक्ति हुन् । उनी एक कुशल विश्लेषक तथा बैंकहरुको मर्जर विज्ञ समेत हुन् ।


