सोमबार, कार्तिक १७ गते २०८३
images
images

तोलामा दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
पौष ३, २०८० मंगलबार
  • 226
    SHARES
  • तोलामा दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौँ, पुस ३ । साताको तेस्रो दिन आज स्थानीय बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। 

    images

    अघिल्लो दिन प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार रुपैयाँ कायम भएको हो। 

    यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले नै बढ्दै १ लाख १७ हजार ४ सय ५० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    images

    यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।