शनिबार, भाद्र २७ गते २०८३
images

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

एक्सप्रेस पाना
पौष ३, २०८० मंगलबार
  • 313
    SHARES
  • यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

    मन्थली (रामेछाप) पुस ३ । लिखुतामाकोशी गाउँपालिका-७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका  शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्। 

    images

    सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले राससलाई बताउनुभयो। पीडित छात्राले आफुमाथि शिक्षक सार्कीले यौन दुव्र्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उहाँले बताउनुभयो। 

    प्रहरीका अनुसार अभियुक्तले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको  प्रश्नपत्र प्रदान गर्ने बहानामा निजमाथि यौन दुर्व्यवहार गरेका थिए।

    images