सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेप्से सूचक झण्डै ४६ अंकले बढ्यो

एक्सप्रेस पाना
पौष ३, २०८० मंगलबार
  • 232
    SHARES
  • नेप्से सूचक झण्डै ४६ अंकले बढ्यो

    काठमाडौँ । आज पनि सेयर बजारमा हरियाली छाएको छ। मौद्रिक नीति पश्चात निरन्तर उकालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेमा मंगलबार थप ४५.९८ अंकको वृद्धि हुँदै २१०६.४८ अंकमा उक्लिएको हो। अघिल्लो नेप्से सूचक ३६ अंकमाथिले बढेको थियो। 

    images

    आज नेपाल रिपब्लिका मिडियासहित ९ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु), मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, उन्नत सहकार्य लघुवित्र वित्तीय संस्था, शिभम् सिमेन्ट, नेपाल रिपब्लिका मिडिया, घोराही सिमेन्ट इन्ड्रष्ट्री, हाथ्वे इन्भेष्टमेन्ट नेपाल, मिड सोलु हाइड्रोपावर र सोनापुर मिनिरल एण्ड आयालको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। 

    आज १३ वटै उपसूचक धनात्मक हुँदा हाइड्रोपावर समूहको उपसूचक सबैभन्दा बढी ६.९४ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक ४.७४ प्रतिशतले बढेको छ।

    images

    ४४ अंकले नेप्से बढेको यसदिन ५ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको छ।