सोमबार, कार्तिक १७ गते २०८३
images
images

बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
पौष ४, २०८० बुधबार
  • 210
    SHARES
  • बढ्यो सुनको मूल्य

    काठमाडौँ । साताको चौथो दिन आज सुनचाँदीको मूल्य बढेको छ। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य सूची तय गर्दै हिजोको तुलनामा एक हजार रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम छ। हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम थियो।

    images

    यस्तै, आज चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँले बढेको छ। महासंघका अनुसार हिजो चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो। जुन, आज तोलामा १४ सय ६५ रुपैयाँ कायम भएको छ।