बुधबार, भाद्र २४ गते २०८३
images

नेपाल सुपर लिग: धनगढी र झापा भिड्दै

एक्सप्रेस पाना
पौष ४, २०८० बुधबार
  • 339
    SHARES
  • नेपाल सुपर लिग: धनगढी र झापा भिड्दै

    काठमाडौं, पुस ४ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज धनगढी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ। 

    images

    यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुनेछ ।

    जारी सिजन सिजन अपराजित एक्लो टोली धनगढी सोही लय कायम राख्दै प्लेअफमा स्थान पक्का गर्ने लक्ष्यमा छ। धनगढी ६ खेलबाट ३ जित र ३ बराबरी नतिजासहित १२ अंकसहित दोस्रो स्थानमा छ। 

    images

    आजको खेल जिते वा बराबरी गरेपनि धनगढीले शीर्ष चारमा स्थान पक्का गर्दै प्लेअफमा स्थान सुरक्षित गर्नेछ। अहिलेसम्म पोखरा थण्डर्सले प्लेअफमा स्थान बनाइसकेको छ।

    यता नवप्रवेशी टोली झापाका लागि भने शीर्ष चारमा पुग्न आजको खेल जित्नैपर्नेछ अवस्था छ। झापा ६ खेलबाट ७ अंकसहित छैटौं स्थानमा छ। धनगढीसँग पराजित भएमा भने झापाको शीर्ष चारमा पुग्ने सम्भावना कठिन बन्नेछ।

  • सम्बन्धित विषय:

  • # फुटबल