शनिबार, भाद्र २७ गते २०८३
images

बोईलर कुखुराको चल्लासहित १ जना व्यक्ति नियन्त्रणमा

एक्सप्रेस पाना
पौष ४, २०८० बुधबार
  • 278
    SHARES
  • बोईलर कुखुराको चल्लासहित १ जना व्यक्ति नियन्त्रणमा

    पर्सा जिल्लाको विरगंज महानगरपालिका ३२ स्थित टेढारामबन सडकखण्डबाट पौष ३ गते सशस्त्र प्रहरीले करीव ५ लाख  रुपैयाँ बराबरको ७६ कार्टुन बोईलर कुखुराको चल्लासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

    images

    भारतबाट अवैध रुपले नेपालतर्फ ल्याई सोही महानगरपालिका ९ बस्ने ४३ बर्षिय धर्मेन्द्र गुप्ताले संचालन गरेको फर्म भित्र राख्न तयारी गरिरहेको अवस्थामा ७ हजार ६ सय वटा बोईलर कुखुराको चल्लासहित उनलाई नं. १३ गण पर्साले नियन्त्रणमा लिएको हो।

    बरामद बोईलर कुखुराको चल्ला नेपाल प्रहरी, स्थानीय भद्रभलाद्मी र संचारकर्मीको रोहवरमा नष्ट गरिएको छ। नियन्त्रणमा लिएका गुप्तालाई आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।

    images