सोमबार, कार्तिक १७ गते २०८३
images
images

३२.७७ अंकले घट्यो नेप्से, ६ अर्ब २७ करोड बराबरको कारोबार

एक्सप्रेस पाना
पौष ५, २०८० बिहीबार
  • 249
    SHARES
  • ३२.७७ अंकले घट्यो नेप्से, ६ अर्ब २७ करोड बराबरको कारोबार

    काठमाडौँ । निरन्तर उकालो लागिरहेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन भने ३२ अंक भन्दा माथिको गिरावट आएको छ।

    images

    नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से सूचक ३२.७७ अंकले घट्दै २१०९.१० अंकमा झरेको हो। अघिल्लो दिन नेप्से सूचक ३५.३९ अंकले बढ्दै ३१४१.८७ अंकमा उक्लिएको थियो। 

    यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ६ अंकले घटेर ३९६.६२ अंकमा झरेको नेप्सेले जनाएको छ। 

    images

    आज नेप्से सूचकसँगै कारोबारमा समेत केही गिरावट आएको छ। अघिल्लो दिन ७ अर्ब ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज कारोबार घटेर ६ अर्ब २७ करोड ४३ लाख रुपैयाँ झरेको हो। 

    आज म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन्। 

    बोटलर्स नेपाल (बालाजु), आशा लघुवित्त वित्तीय संस्था, धौलागिरि लघुवित्त वित्तीय संस्था, बीपीडब्लू लघुवित्त वित्तीय संस्था र चिरखावा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्स र उन्नत सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज क्रमशः ७.४४ प्रतिशत र ७.२६ प्रतिशतले घट्न पुगेको छ।