बुधबार, भाद्र २४ गते २०८३
images

नेपाल सुपर लिग: आज दुई खेल हुँदै

एक्सप्रेस पाना
पौष ६, २०८० शुक्रबार
  • 281
    SHARES
  • नेपाल सुपर लिग: आज दुई खेल हुँदै

    काठमाडौं, पुस ६ । नेपाल सुपर लिग (एनएसएल)मा आज महत्वपूर्ण दुई खेल हुँदैछ।

    images

    आज हुने पहिलो खेलमा पोखरा थण्डर्स र धनगढी एफसी भिड्दैछन्। यो खेल दिउँसो १ बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ। पोखराले यसअघि नै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। 

    उता दोस्रो स्थानमा रहेको धनगढीलाई प्लेअफमा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाब रहेको छ।

    images

    त्यस्तै आजको दोस्रो तथा अन्तिम खेलमा झापा एफसी र एफसी चितवन भिड्दैछन्। यी दुईबिचको खेल साँझ ५ बजेबाट सुरु हुनेछ।

    जारी सिजन ७ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा रहेको झापाका लागि प्लेअफमा पुग्नका लागी आजको खेल जित्नै पर्ने दबाब रहेको छ। चितवनको भने प्लेअफमा पुग्ने सम्भावना समाप्त भइसकेको छ। चितवन समान खेलमा ६ अंकसहित तालिकाको पुच्छारमा रहेको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल