शनिबार, भाद्र २७ गते २०८३
images

कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद

एक्सप्रेस पाना
पौष ६, २०८० शुक्रबार
  • 266
    SHARES
  • कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद

    बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहस्थित भन्सार इलाकाबाट पुस ५ गते सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद गरेको छ।

    images

    प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेले उल्लेखित बस्तु बरामद गरेको हो। बरामद बस्तु खैरो, कालो र रातो रङको छ भने ५ वटाको तौल ८१ ग्राम रहेको छ।
            
    भारतबाट नेपालतर्फ आउदै गरेका ब्याक्तिले सशस्त्र प्रहरीलाइ देख्ना साथै आफुले बोकेको झोला फालेर भागेका थिए। उनले फालेको झोला जाँच गर्ने
    क्रममा कस्तुरीको बिना जस्तो देखिने बस्तु फेला परेको हो। बरामद कस्तुरीको बिना जस्तो देखिने बस्तु आवश्यक अनुसन्धान कारवाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ।