असोज ७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
तोकिएको समयभन्दा आधाघण्टा ढिलो गरी सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरुद्ध गरेको छ ।सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गरेर नाराबाजी सुरु गरेका छन्।
सभामुखले बैठक अगाडि बढाउन आग्रह गरे पनि नाराबाजी नरोकिएपछि बैठक अघि बढाएका छन् ,बैठक दिउँसो दुई बजेका लागि बोलाइएकोमा साढे दुई बजे सुरु भएको थियो।
.jpg)


