काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनचाँदीको मुल्य सार्वजनिक गरेको छ। साताको पहिलो कारोबारको दिन छापावाल र तेजाबी सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले बढेको छ।
छापावाल सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ। आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
.jpg)


