बुधबार, भाद्र २४ गते २०८३
images

नेपाल सुपर लिग: काठमाडौं र ललितपुर भिड्दै

एक्सप्रेस पाना
पौष १०, २०८० मंगलबार
  • 364
    SHARES
  • नेपाल सुपर लिग: काठमाडौं र ललितपुर भिड्दै

    काठमाडौँ, पुस १० । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटर खेल अन्तर्गत आज लिग चरणमा तेस्रो भएको काठमाडौँ रेजर्स र चौथो भएको ललितपुर सिटीबीच हुँदै छ। यो खेल आज साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुनेछ।

    images

    यस खेलको विजेता दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टिम पोखरा थन्डससँग खेल्ने छ। दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने छ। दोस्रो क्वालिफायर खेल आगामी विहिबार हुने छ।

    जारी एनएसएलको पहिलो क्वालिफायरमा धनगढी एफसीले पेनाल्टी सुटआउटमा पोखरा थन्डर्सलाई ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगिसकेको छ। 

    images

    पोखरा थन्र्डस १५ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको थियो भने धनगढी एफसी १३ अंकसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो।

    त्यस्तै दोस्रो क्वालिफायर विहिबार हुँदै छ। त्यस्तै यस सिजनको फाइनल खेल भने शनिबार हुँदैछ। 

  • सम्बन्धित विषय:

  • # फुटबल