बुधबार, भाद्र २४ गते २०८३
images

नेपाल सुपर लिग: साविक विजेता काठमाडौं बाहिरियो, ललितपुर दोस्रो क्वालिफायरमा

एक्सप्रेस पाना
पौष १०, २०८० मंगलबार
  • 298
    SHARES
  • नेपाल सुपर लिग: साविक विजेता काठमाडौं बाहिरियो, ललितपुर दोस्रो क्वालिफायरमा

    काठमाडौं पुस १० । काठमाडौं रेजर्सलाई पराजित गर्दै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा पुगेको छ। यता साविकको विजेता काठमाडौं क्वालिफायरमै रोकिएको हो।

    images

    त्रिपुरेश्वस्थित दशरथ रंशालामा मंगलबार सम्पन्न खेलमा साविक विजेता काठमाडौँ रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै ललितपुरले पोखरासँगको भेट पक्का गरेको हो। 

    ललितपुरको जितमा इमोन इजकेलले २ र पापा केबेले १ गोल गरे। जितसँगै ललितपुर दोस्रो क्वालिफायरमा पुगेको हो। ललितपुरले अब फाइनल प्रवेशको लागि बिहीबार पोखराको सामना गर्नेछ। विजयी टोलीले उपाधिका लागि शनिबार धनगढी एफसीसँग खेल्नेछ। धनगढी पोखरालाई पेनाल्टीमा ४-३ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो।

    images

    ललितपुरको तीन गोल
    खेलमा पटक पटक आक्रमण बुनेको ललितपुरले गोलका लागि ३६औँ मिनेटसम्म कुर्नु परेको थियो। पापा केबेले प्रहार गरेको बललाई काठमाडौँका गोलरक्षकले बचाउ गरेका थिए। तर, डिफ्लेक्सनलाई इमोन इजकेलले जालि चुमाए। त्यसअघि ललितपुरले खेलको ११औँ मिनेटमा ललितपुरका इमोन इजकेलले डीबक्सभित्रबाट दिएको  पासलाई दिनेश हेन्जनले सदुपयोग गर्न सकेनन्। उनको हेडिङ पोस्टको नजिकबाट बाहिरियो।

    पहिलो हाफको अन्तिम मिनेटमा ललितपुरले अग्रता दोब्बर बनायो। निखिल कदमले प्रहार गरेको कर्नर किकमा कप्तान अन्नत तामाङले हेडिङ गरेको बल पोस्ट लागेर फर्कियो। त्यही बललाई पापाले गोलमा परिणत गरे।

    ५२औँ मिनेटमा ललितपुरले अग्रता तेब्बर बनायो। ललितपुका लागि निखिलले फ्रीकिकमा दिएको क्रसलाई इमोनले हेडिङमार्फत गोल गरे। काठमाडौँका कप्तान अन्जन राईले सनिस श्रेष्ठलाई डीबक्स बाहिर लडाएपछि ललितपुरले फ्रिकिक प्राप्त गरेको थियो।

    ७४औँ मिनेटमा काठमाडौँ १० खेलाडीमा सिमित बन्यो। काठमाडौँका कप्तान अन्जनले दोहोरो पहेँले कार्ड व्यहोरेपछि उनलाई रेफ्रीले रातो कार्ड दिएका थिए। ललितपुर यस सिजनको लिगमा चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको हो भने काठमाडौँ तेस्रो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको हो।  योसँगै काठमाडौँको उपाधि अभियान समाप्त भएको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल