काठमाडौँ । साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भएको छ।
यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै बुधवार तेजाबी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भएको छ।
यसैबिच मंगलबार १४८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार सामान्य घटेर १४७५ रुपैयाँमा कारोबार भएको छ।
.jpg)


