असोज ७ काठमाडौं । आज नेप्से दुई दशमलव सात अङ्कले बढेर दुई हजार आठ सय १९ दशमलव ६५ विन्दुमा पुगेको हो ।
आज बैंक र फाइनान्स समूहको शेयर सामान्य वृद्धि भएको छ । तर अरू सबै समूहको शेयर भने घटेको छ । आज दुई सय २८ कम्पनीका एक करोड ५७ लाख १४ हजार कित्ता शेयर सात अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै सानीमा बैंकको ३४ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । हिजो १७ प्रतिशत लाभांश घोषणा गरेकाले सानीमा बैंकको कारोबार रकम बढेको हो ।
मनकामना स्मार्ट लघुवित्तको शेयर आज पनि १० प्रतिशतले बढेको छ । यस्तै प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ६ र नेपाल बैंक तथा नेपाल बङ्गलादेश बैंकको शेयर पाँच प्रतिशभन्दा धेरैले बढेको छ । आज हिमालयन पावर पार्टनर र युनियन हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
.jpg)


