आइतबार, कार्तिक १६ गते २०८३
images
images

अब्बल बन्दै ग्लोबल आइएमई बैंक

एक्सप्रेस पाना
पौष १२, २०८० बिहीबार
  • 479
    SHARES
  • अब्बल बन्दै ग्लोबल आइएमई बैंक

    काठमाडौं । ग्लोबल आइएमई बैंकको स्थापना वि.सं २०६३ मा भएको थियो। २०६३ सालमा ग्लोबल आइएमई बैंक 'क' वर्गको वाणिज्य बैंकको रूपमा स्थापित भएको थियो। त्यतिबेला बैंकको चुक्तापुँजी १ अर्ब ५० करोड रहेको थियो। 

    images

    अहिले बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। बैङ्कले जलविद्युत, उत्पादन, उद्योग, उड्डयन, निकासी, व्यापार, लघुवित्त परियोजनाहरूमा कर्जा प्रवाह गर्दै आइरहेको छ। मुलुकभर ७७ वटै जिल्लामा ३५५ शाखा सञ्जालमा रहेको ग्लोबल आइएमई बैंक अब्बल बन्दै गएको छ। मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक यही हो। 

    ७७ वटै जिल्लामा ३५५ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ११०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। बैंकमा करिब ४ हजार कर्मचारीहरू कार्यरत छन्। बैंकले करिब ४६ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ। संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका अन्य मुलुकबाट बैंकले रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ। ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७९/८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र कर पछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो।   

    images

    आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद व्याज आम्दानीतर्फ अघिल्लो वर्षभन्दा ६ अर्ब ८१ करोड रुपैयाँले वृद्धि भएको छ। बैंकको खुद मुनाफामा अघिल्लो वर्षको तुलनामा ३४.९९ प्रतिशतले वृद्धि भई ६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ।

    बैंकले सोही अवधिमा ४ खर्ब ३९ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्नुका साथै ३ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको थियो। बैंकलाई बैंकर्स म्यागेजिन (फाइनान्सियल टाइम्स, युकेको प्रकाशन) द्वारा नेपालका लागि द बैंक अफ द इयर अवार्ड २०१४, इन्टरनेशनल फाइनान्स म्यागेजिन, लन्डनद्वारा बेस्ट इन्टरनेट बैंक २०१६ नेपाल, र बेस्ट एम्प्लाँयर अवार्ड २०१८ बाट सम्मानित गरिएको थियाे। वल्र्ड एचआरडी कांग्रेस, भारतद्वारा युरोमनी म्यागेजिन, अवार्ड फर एक्सिलेन्सु, लन्डन युकेद्वारा २०२२ मा नेपालको सर्वश्रेष्ठ बैंक, बैंकलाई इक्रा (ICRA) नेपालले ‘ए’ रेटिङ पनि दिएको थियाे। यी सबैको माध्यमबाट बैंकले “सबैका लागि बैंक” बन्ने आफ्नो दृष्टिकोणलाई साँच्चै पूरा गर्न सफल भएको छ। 

    ग्लोबल आइएमई बैंक लिमिटेड एक 'क' वर्गको वाणिज्य बैंक हो। सुरूवाती चरणमा आईएमई वित्तीय संस्था एक “ग” वर्ग वित्त कम्पनी र लर्ड बुद्ध फाइनान्स लिमिटेड एक ‘ग’ वर्ग वित्त कम्पनी ग्लोबल आइएमई बैंकसँग मर्जर भए। सन् २०१३ मा थप दुई “ख” वर्गका विकास बैंक, सामाजिक विकास बैंक र गुल्मी विकास बैंक ग्लोबल आइएमई बैंक लिमिडेटसँग गाभिएका थिए। त्यसपछि सन् २०१४ मा ग्लोबल आइएमई बैंकले कमर्ज एण्ड ट्रस्ट बैंकलाई मर्जर गर्यो। सन् २०१५ मा ग्लोबल आईएमई बैंक लिमिटेडले प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेड “ख” वर्ग विकास बैंक र रिलायबल डेभलपमेन्ट बैंक लिमिटेड “ख” वर्ग विकास बैंकलाई प्राप्त गर्न सफल भयो। 

    सन २०१९ मा ग्लोबल आईएमई बैंक लिमिटेडले ह्याथवे फाइनान्स लिमिटेड 'ग' वर्गको वित्तीय कम्पनी समेत प्राप्त गर्यो भने २०१९ मा जनता बैंक नेपाल लिमिटेड ‘क’ वर्गको वाणिज्य बैंकलाई समाहित गर्यो र त्यसै बर्षको जनवरी ९ मा बैंक अफ काठमाण्डूसँग गाभिएर २०२३ मा नेपालको सबैभन्दा ठूलो बैंक बन्न सफल भयो। 

    बैंकको उत्पादन र सेवाहरू 
    बैंकले निक्षेप, कर्जा, ट्रेड फाइनान्स र रेमिट्यान्समा बैंकिङ उत्पादनहरूको पूर्ण दायरा प्रदान गर्दै आएको छ। बैंकको निक्षेप उत्पादन पोर्टफोलियोले ग्राहकलाई उपयुक्त बचत निक्षेप, मुद्दती निक्षेप, कल र चालु निक्षेपहरू समावेश गर्दछ। उधारो उत्पादन पोर्टफोलियोले व्यावसायिक ऋण उत्पादनहरू जस्तै लोन, नगद क्रेडिट, ओभरड्राफ्ट, ट्रस्ट रसिद र अवधि ऋणहरू समावेश गर्दछ। 

    व्यक्तिगत र खुद्रा क्रेडिट उत्पादनहरूको पूर्ण पोर्टफोलियो पनि बैंक द्वारा प्रदान गरिएको छ। बैंक ग्यारेन्टी र लेटर अफ क्रेडिट जस्ता गैर कोषमा आधारित उत्पादनहरू पनि बैंकका ग्राहकहरूलाई उपलब्ध छन्। “सबैका लागि बैंक” भन्ने आफ्नो मूलनारालाई निरन्तरता दिँदै बैंकले कृषिमा निर्भर नेपाली जनताको जीविकोपार्जनका लागि छुट्टै कृषि ऋण विभाग स्थापनासमेत गरेको छ। ग्लोबल आइएमई बैंक लिमिटेड सबैभन्दा धेरै चुक्ता पूँजी भएको नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ।